काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समिति बैठक वाद, विवाद र संवादमा टुंगिने बताएका छन्।
शनिबार बैठक स्थलबाट बाहिरिने क्रममा उनले चार दिनसम्म आफूहरुले बैठकमा लोकतन्त्रको भने पनि, जनवादको भने पनि त्यसको धेरै ठूलो र उच्च अभ्यास गरेको बताए।
'अब एक ढिक्का भयो सबैलाई महसुस भएको छ', उनले भने। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।