काठमाडौं- नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन्। प्रज्ञाभवन पार्टीको केन्द्रिय समिति बैठकमा शनिबार आफ्नो धारण राख्दै यस्तो बताएका हुन्।
प्रदेश कमिटीका सबै निर्णय प्रक्रियामा प्रदेश कमिटीलाई छलेर गर्ने गरिएको भन्दै उनले आपत्ति जनाएका थिए। प्रदेश कमिटीले छलफलबाट गरेका सिफारिस कर्यान्वयन नगरिएको भन्दै उनले पार्टीभित्र प्रदेश संरचनाको ओैचित्य पुष्टि हुन नसकेको धारणा राखे।
'मन्त्रिमण्डल गठन, विघठन, प्रदेश सरकार निर्माण लगायत विषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम?' उनले भने, 'प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।