एजेन्सी- युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्यांकरमा आक्रमण गरी क्षति पुर्याएको छ। नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्रले शनिबार युक्रेनले ट्यांकरमा ड्रोन आक्रमण गरेको जनाएको हो।
एमआरसीसीले ट्यांकरका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ। ट्यांकरलाई मद्दत गर्न उद्धारकर्ता र दुईवटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो।
क्रिमियाको पूर्वी किनारमा अवस्थित केर्च सहरका बासिन्दाहरूले शनिबार बिहान सो आक्रमणको आवाज सुनेका थिए। मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द गरिएको थियो।
तर त्यसलाई फेरि खोलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।