पोखरा- गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे नेतृत्वमा सरकार गठन भएको शनिबार सय दिन पुगेको छ। तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको बहिर्गमनपछि पाण्डेले गत वैशाख १५ गतेदेखि सत्ता सम्हालेका थिए।
प्रदेश सरकारको तर्फबाट सय दिनको यात्राबारे विवरण प्रकाशन गरिएको छ। जसमा सरकारले गरेका मुख्य कामहरुको सूची पनि उल्लेख गरिएको छ।
सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम ९बजेट० पारित भएको विषयलाई उपलब्धिको पहिलो बुँदामा राखिएको छ। त्यस्तै, गण्डकी प्रदेशको नेतृत्वमा प्रधानमन्त्रीको उपस्थितिमा सात वटै प्रदेशमा मुख्यमन्त्रीहरु सम्मिलित अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न गरिएको विषयलाई दोस्रो बुँदामा उल्लेख गरिएको छ।
'गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा' भन्ने नारासहित झन्झटमुक्त र पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना तथा सञ्चालन गरिएको छ। २२ वटा नयाँ डायलायसिस मेसिन ल्याइएको छु, सूचीमा उल्लेख छ।
लम्पी स्किन रोगको रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २२ लाख रुपैयाँको औषधि खरिद गरी जिल्लास्थित कार्यालयमा पठाएको भनिएको छ।
'घरेलु मदिरालाई ब्राण्डिङ र बजारीकरण गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने गरी परामर्श थालिएको छ। साथै यस सम्बन्धमा खोजरअनुसन्धान कार्य गरिएको संस्थासँग सहकार्यका लागि चरणबद्ध छलफल भइरहेको छ' उपलब्धि सूचीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।