एजेन्सी- रुस ब्ल्याक सी सम्झौता लागू गर्न रुस सकारात्मक देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमर पुटिन र टर्कीका समकक्षी रेसेप तैय्यप एर्दोगानबीचको टेलिफोन संवादपछि पत्रकार सम्मेलनमा एर्दोगानले ब्ल्याक सी सम्झौता लागू गर्न रुस सकारात्मक देखिएको बताए।
टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः सुरु गर्न आग्रह गरेको बताए। जवाफमा आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ब्ल्याक सी खाद्यान्न सम्झौतामा फर्किने पुटिनले बताएका थिए।
ब्ल्याक सी खाद्यान्न सम्झौता लागू भएमा भोकमरीबाट पीडित अफ्रिकन देशलाई राहत मिल्नेछ।
पुटिन अगस्ट महिनाभित्र टर्कीको भ्रमणमा जाँदैछन्। युक्रेन र रुसबीचको द्वन्द्व कम गर्न टर्कीले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। टर्कीले कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।