काठमाडौं– नासाको अन्तरिक्ष यान भोयजर–२ सम्पर्क स्थापित भएको छ। केही दिनअई एउटा गल्तीका कारण भोयजर–२ सँग नासाको सम्पर्क विच्छेद भएको थियो।
शुक्रबार नासाका वैज्ञानिकले उक्त गल्ती ठीक गरेपछि पृथ्वीसँग सम्पर्क स्थापित भएको हो। ४६ वर्ष पुरानो यो स्पेसक्राफ्टलाई कन्ट्रोलर्सले एक गलत कमाण्ड पठाएका थिए। जसका कारण उसको एन्टिना पृथ्वीभन्दा अर्को दिशातर्फ मोडिएको थियो।
बुधबार नासाको डीप स्पेस नेटवर्कले एन्टिना सही दिशातर्फ आउने अपेक्षाका साथ कैयौं कमाण्ड पठाएका थिए। भोयजर–२ को एन्टिना दुई डिग्री सिफ्ट हुनु आवश्यक थियो। यसलाई सन्देश पठाउनका लागि अस्ट्रेलियामा रहेको एक शक्तिशाली रेडियो डिश एन्टिनाको सहयोग लिइएको थियो।
पृथ्वीबाट पठाइएको उक्त कमाण्ड भोयजर–२ सम्म पुग्न १८ घण्टाको समय लागेको थियो। कमाण्डले १२ अर्ब माइलको दूरी तय गरेर स्पेसक्राफ्टसम्म पुगेको र फिर्ता आउन १८ घण्टा समय लाग्यो।
यो कोशिश सफल भएपछि शुक्रबारदेखि भोयजर–२ ले फेरि सूचना पृथ्वीमा पठाउन सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।