काठमाडौं- जनमत पार्टीले मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बुझाइएको ज्ञापनपत्रमा उसले त्यस क्षेत्रका जनतालाई राहत उपलब्ध गराउन भनेको छ।
मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नुपर्ने, वीरगंजसहितका सुक्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नुपर्ने, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नुपर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र खडेरी सहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नुपर्ने जस्ता माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।