काठमाडौं– काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको हो। विद्यार्थीहरुले इन्जिनियरिङ पढाइको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताएका छन्।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले इन्जिनियरिङ अध्ययनको शुल्क ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन लागेको भन्दै विरोध जनाएका हुन्। थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग पनि विद्यार्थीले अगाडि सारेका छन्।
उनीहरुले ‘शिक्षामै राजनीति, देशको बेइज्जती’, ‘टीयु युनिभर्सिटी रोज्ने कि टीयु एयरपोर्ट’, ‘सरकारले झुटो आश, ठूलो निराश देखायो’, ‘सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा’, ‘१४० प्रतिशत फी बढ्ने, गरिबले पढ्ने कि नपढ्ने?’ लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।