काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुुकुवा गरेको छ।
पार्टीले गरेको छानबिनका क्रममा खड्का निर्दोष देखिएको भन्दै बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले खड्कालाई संयोजक पदमै पुनर्बहाली गरिएको जानकारी दिए।
खड्कामाथि सामुदायिक खप्तड आवाजमा कार्यरत पत्रकार नगेन्द्र खड्कालाई अपहरण गराइ कुटपिट गराएको आरोप लागेको थियो। साउन ९ गते खड्कामाथि उक्त आरोप लागेकोमा त्यसको भोलिपल्टै रास्वपाको अनुशासन समितिले खड्कालाई निलम्बन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।