काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले माओवादी पार्टी ओरालो लागेको बताएका छन्।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा उनले विचार व्यवहारमा अभिव्यक्त हुने र व्यवहारले विचारलाई थप विकसित गर्ने साइकल नै भताभुङ्ग र लथालिङ्ग भएकााले पार्टी ओरालो लागेको बताए।
विशेषगरी नेकपा चौमको स्कुलिङबाट आएका सबै कम्युनिष्ट घटकहरु वैचारिक, संगठनात्मक र सांस्कृतिक रुपमा गम्भीर संकटमा रहेको भनाइ उनले राखेका थिए।
२०४१ मंसिरमा निर्मल लामाले चौथो महाधिवेशनबाट नेकपा चौम गठन गरेका थिए। उक्त दलले २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा आन्दोलन गरेको थियो।
तर २०४६ को जनआन्दोलनपछि विशाल ध्रुवीकरण भई उक्त समूह ससाना विभिन्न टुक्रामा विभाजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।