काठमाडौं– काठमाडौंको सामाखुसीमा नालाबाट बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर मृत फेला परेका छन्।
दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा उनको शव भेटिएको काठमाडौं परिसर प्रवक्ता एसपी कुमोध ढुङ्गेलले जानकारी दिए।
उनको शव बिहीबार दिउँसो ३ बजेतिर फेला परेको हो। मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।
मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।