• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिन : पार्टी नेतृत्वको आलोचना

64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  २०:३२
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन्। अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्दै त्यसमा सुधार नगर्ने हो भने पार्टी नै सकिने चेतावनीसमेत दिए।

बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित ५६ जनाले धारणा रााखेका थिए।

केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताएका थिए। ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने। अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन। सिद्धियो झर्ने ठाउँ। अब उकालो लाग्ने हो’, उनको भनाइ थियो।

लेखनाथ न्यौपानेले माओवादी केन्द्रको वैचारिक र व्यवहारिक पक्ष लथालिंग भएको बताएका थिए। उनले संसदीय राजनीतिमा लागेर पार्टी बलियो नहुने बरु विचलित हुने बताएका थिए। अर्का सदस्य शिवराम यादवले नेताहरुले आफ्नै छोराछोरीलाई सचिवालयमा राखेका कारण उनीहरुकै जयजयकार गर्नुपर्ने अवस्था आएको बताएका थिए।

बुधबारको बैठकमा बोल्ने नेताहरुले पनि सचिवालयमा छोरी-भतिजा राखिएको भन्दै आलोचना भएको थियो। एक जना सदस्यले त डिलिङमा सजिलो हुने भएकाले त्यस किसिमको सचिवालय गठन गरिएको भन्दै आशंकायुकक्त असन्तुष्टि पोखेका थिए। बिहीबारको बैठकमा अर्का एक सदस्य विष्णु भट्टले नेतृत्वले छोराछोरीको मात्रै विश्वास गरेको बताएका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामूहिकतामा विश्वास गर्नुपर्ने बताए।

कतिपय सदस्यले पार्टी नेतृत्व दलालहरुको घेरामा रहेको, पार्टी यथास्थितिवादी भएको, नेताहरुले अपारदर्शी जीवनशैली अपनाएको, व्यक्तिवादी जीवनशैली रहेको आरोप लगाएका थिए। केन्द्रीय सदस्य लक्ष्मण पन्तले त अहिले बालुवाटार नै सामन्तवादको नयाँ किल्ला बनेको भन्दै कटाक्ष गरेका थिए। समग्रमा सदस्यहरुले नेतृत्वकै कारण पार्टी रुपान्तरण र सुधारको सम्भावना कम रहेको बताएका थिए। नेतृत्वको नसुध्रिने हो भने पार्टीको रुपान्तरण पनि हुन नसक्ने उनीहरुको भनाइ थियो।

‘पार्टीमा नेतृत्वसहितको रुपान्तरणको विषय उठेको छ। सबैको कार्यशैलीमा सुधारको आवश्यकता छ’, बिहीबारको बैठकपछि एक नेताले भने, ‘करिबकरिब सबै केन्द्रीय सदस्यले यो कुरा उठाउनुभएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्रीय सदस्य माधव सापकोटाले पार्टीको आन्तरिक जीवनलाई सुदृढीकरण गर्ने, पार्टीको जीवनलाई गतिशील तुल्याउने बारेमा बैठकमा ज्यादा कुरा उठेको बताए। ‘खासगरी हाम्रो संगठनात्मक संरचना अलि बढी भद्दा प्रकृतिको भएको र त्यसले गर्दा पार्टी जीवन्त भएनन् भन्ने कुरा उठेको छ। त्यसले गर्दा राम्रो ढंगले कार्यसम्पादन गर्न सकेन भन्ने कुरामा केन्द्रित भएर कुराहरु आएका छन्’, उनले भने, ‘मूलतः पार्टीलाई विधि र पद्धतिमा लैजाने बारेमा कुरा आएका छन्।’

आफूले बैठकमा तलबाटै निर्वाचित भएर आउने व्यवस्था गर्नुपर्ने विषय राखेको र त्यसले पार्टीलाई सुल्टो दिशामा लैजाने उनको भनाइ छ। ‘निर्वाचित हुने पद्धतिलाई पनि विधिमा ढालेर लैजाऔं। तलैदेखिका अधिवेशनमा निर्वाचित हुने प्रणालीलाई अवलम्बन गरियो भने माथितिर हेर्ने प्रवृत्ति पनि सुल्टो दिशामा फर्किन्छ। किनभने भोलि कार्यकर्ताको भोट चाहिन्छ। कार्यकर्ताप्रति जवाफदेही हुनुपर्छ। अहिले नेताले तोकिदिने भएपछि नेतातिर फर्किने र नेतातिर धाउने पार्टी संरचना भएको छ’, उनले बैठकमा राखेको धारणा दोहोर्‍याए।

रामनारायण बिडारीले बैठकमा पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए। उनले पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्नेमा जोड दिए।

बुधबारको बैठकमा गृहमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै भए पनि नछाड्ने बताएका थिए। बैठकमा धारणा राख्दै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा आफू अघि बढेको बताएका थिए। ‘भ्रष्टाचारविरोधी अभियान अध्यक्षसँगकै सल्लाहमा सुरु गरिएको हो। यो रोकिँदैन। पार्टीकै नेताहरु भए पनि छाडिँदैन’, उनको भनाइ उद्धृत गर्दै एक सदस्यले जानकारी दिए।

पार्टी पार्टी जस्तो नभएको त स्वयं अध्यक्ष प्रचण्डले पनि बताइसकेका छन्। बुधबारको बैठकको उद्घाटन सम्बोधनमा उनले आफूहरुसँग नेता र कार्यकर्ताको विशाल पंक्ति भएता पनि पार्टी भने पार्टी जस्तो नभएको बताएका थिए। बैठकमा मौखिक प्रतिवेदन पेश गर्दै उनले पार्टी बनाउन नसक्ने हो भने विघटन गरौं भन्ने पुरानै प्रस्ताव दोहोर्‍याएका थिए। र आफूबाट केही गल्ती भएकाले सच्याउने प्रतिबद्धता पनि उनको थियो। जुन उनले दोहोर्‍याइरहने बाचा हो।

बिहीबारको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डको प्रतिवेदनप्रति मूलभूत रुपमा सबैले समर्थन गरेको बताए। ‘प्रतिवेदनको भावना अनुसारको व्यवहार पनि हुनुपर्‍यो भन्ने छ’, उनले भने।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानून विभाग प्रमुख हृदय राज मिश्रले दायर गरेका हुन् । प्रधानमन्त... मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल मंगलबार, जेठ ५, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्