काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले अधिवक्ता भगवती पाण्डेले दिएको तामाङ र मगर समुदायलक्षित अभिव्यक्तिविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई कुटपिट भएको भन्दै कारबाहीको माग गरेको छ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विज्ञप्ति जार्दै गर्दै जिल्ला प्रहरी कार्यालय टेकूमा शान्तिपूर्ण प्रदर्शन गर्दा तामाङ र मगर समुदायमाथि दमन भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। अधिवक्ता पाण्डेको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले मधेशी आदिवासीलगायत सम्पूर्ण उत्पीडित समुदाय एकतावद्ध भई संघर्ष गर्नुपर्ने समय आएको बताएका छन्।
'स्वाभिमानका खातिर बोल्दा मात्रै प्रहरीको चरम दमनका कारण गम्भीर घायल भई ट्रमा सेन्टर लगायत अस्पतालमा उपचारत रहेका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी उपर कडा कार्यवाहीको माग गर्दछु,' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।