काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेललाई दिइएको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ढुंगेलको परिसर काठमाडौंमा पदस्थापन भएको थियो। काठमाडौंमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारीमा एसपी सिताराम रिजाल थिए। रिजालको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएपछि उनको ठाउँमा गएका ढुंगेललाई प्रवक्ता तोकिएको एसएसपी दानबहादुर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।