काठमाडौं– विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन भएको छ। संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको हो।
सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि ६ जना राजदूतको नाम सिफारिस गरेको थियो। अनुमोदन हुनेहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी रहेका छन्।
यस्तै संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम अनुमोदन भएको छ।
ससदीय सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेकाले अब उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।