काठमाडौं– जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ। बिहीबार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो।
बैठकको मुख्य एजेण्डा सरकारमा सहभागी हुनमा रहेको छ। बैठकअघि पार्टीका अध्यक्ष डा सीके राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए।
‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो। हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ। त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ,’ उनले भने, ‘विभिन्न समितिमा मनोनित गर्नुपर्ने नाम मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो। सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ।’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।