काठमाडौं- गृहमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै भए पनि नछाड्ने बताएका छन्।
बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा क्रममा बिहीबार धारणा राख्दै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा आफू अघि बढेको बताएका थिए।
'भ्रष्टाचारविरोधी अभियान अध्यक्षसँगकै सल्लाहमा सुरु गरिएको हो। यो रोकिँदैन। पार्टीकै नेताहरु भए पनि छाडिँदैन,’ उनको भनाइ उद्धृत गर्दै एक सदस्यले जानकारी दिए।
पछिल्लो पटक चर्चामा आएको सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरुको पनि संलग्नताको चर्चा हुन थालेको छ। त्यसैले अनुसन्धान अघि नबढ्ने हो कि आशंका व्यक्त हुन थालेको छ। श्रेष्ठले त्यसलाई चिर्ने प्रयास गरेका हुन्।
उनले सरकारले राम्रो काम गरिरहेको भन्दै त्यसकै बलमा पार्टीलाई बलियो बनाउन सकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।