• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भाइबरमा ग्रुपच्याट बनाएर नर्सिङ लाइसेन्सको प्रश्नपत्र आउट, उत्तर आएपछि कापीमा सारेर नर्स हुने दाउ 

१२ जना विरुद्ध मुद्दा, ९ जना भने फरार
64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  ११:३५
1140x725

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा १२ जना विरुद्ध मुद्दा चलाइएको छ। 

काउन्सिलले असार २३ गते लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा, पोखरा–१६ कै २० वर्षीया भावना गुरुङ पक्राउ परेका थिए। 

प्रश्नपत्र आउट गरेको पाइएपछि प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेको पाइएको थियो। उनीहरुलाई थप अनुसन्धानका लागि भन्दै वृत्त बालाजुले परिसर काठमाडौंमा पठाएको थियो। 

परिसरले २५ दिनसम्म गरेको अनुसन्धानको क्रममा थप ९ जनाको संलग्नता देखिएपछि उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको परिसरले जनाएको छ। ९ जना भने फरार भएकाले उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ। 

फरार प्रतिवादी हुनेहरुमा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सनसरी श्रेष्ठ, पोखरा–१४ कि २३ वर्षीया सुस्मिता रानाभाट, बाग्लुङको गलकोट नगरपालिका–१ घर भएकी २२ वर्षीया धनुष विश्वकर्मा, बागलुङ नगरपालिका–१४ घर भएकी २३ वर्षीया सुष्मा पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका–६ घर भएकी १९ वर्षीया रोजिना काउछा मगर, कास्कीको माछापुच्छे गाउँपालिका–७ घर भएकी १८ वर्षीया अस्मिता विश्वकर्मा, कास्कीको अन्नपूर्ण गाउँपालिका–९ घर भएकी २० वर्षीया निशा पुन, पोखराकी २४ वर्षीया श्रेया पहारी र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ की २३ वर्षीया सृष्टि तिमिल्सिना छन्।

यी १२ जना प्रतिवादी विरुद्ध नै विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उनीहरुले भाइबरमा ‘एप्पल आई र बनाना आईआई’ नामको ग्रुप बनाई प्रश्नपत्र उक्त ग्रुपमा पठाएका थिए। त्यसपछि उनीहरुले अलब्राइटको नामबाट उत्तर तयार गरी सोही ग्रुपमा पठाउने गरेको र उत्तरपुस्तिकामा सार्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेकी सविना आलेको बयान- आत्तिनु पर्दैन उत्तर समेत भाइबरमा आउँछ भनिएको थियो
नेपाल नर्सिङ परिषद्‌बाट लिने नर्सिङ लाइसेन्स (नाम दर्ता) परीक्षा असार २२ गते काठमाडौंमा हुने जानकारी पाएपछि पोखरामा नै रहेको अलब्राइट एकेडेमीबाट मैले पनि उक्त परीक्षामा सहभागी हुन फारम भरेको थिएँ।

त्यसपछि म असार २१ गते काठमाडौं आई नयाँ बसपार्कको एक होटलमा बसेँ। असार २२ गते अलब्राइट एकेडेमी पोखराबाट आउनुभएकी सनिषा श्रेष्ठ समेत बसेको उक्त होटलमा आई मेरो परीक्षा केन्द्र सिद्धार्थ बनस्थली स्कुलमा तोकिएको जानकारी गराइन्।

Ncell 2
Ncell 2
nimb
nimb

म लगायत परीक्षामा सहभागी हुन आएका अन्य साथीहरुलाई समेत परीक्षामा आत्तिनु पर्दैन, मोबाइलको भाइबरमा ‘एप्पल आई र बनना आईआई’ नामको ग्रुप बनाई सबै जना ज्वाइन भएर प्रश्नपत्रको फोटो खिची भाइबरमा पठाउनु, उक्त प्रश्नपत्रको उत्तर लेखी पठाइदिनेछौं भनेका थिए।

असार २३ गते बिहान ९ बजे सिद्धार्थ बनस्थली स्कुलस्थित परीक्षा केन्द्रमा पुग्दा मलाई पेट दुखेकोले मैले मेरो साथमा रहेको मोबाइल अलब्राइट एकेडेमी पोखराबाट आएको भनी बताउने मैले नचिनेको यकिन नाम, थर, वतन र सम्पर्क नम्बर थाहा नभएको महिला परिक्षार्थीलाई राख्न दिएको थिएँ।

उनले मेरो मोबाइलको स्क्रिन लगको पासवर्ड समेत मागेकोले मैले पासवर्ड समेत उनलाई दिएको थिएँ। म ट्वाइलेटबाट फर्केर आउँदा उनले मेरो मोबाइल लिने व्यक्ति उक्त स्थानमा नभएको र वरपर हेर्दा नदेखेकाले परीक्षा हलमा प्रवेश गर्ने समय पनि भएकोले म मोबाइल नलिई उक्त परीक्षा केन्द्रको कोठा नम्बर १०५ मा छिरे।

परीक्षाको समय सकिनुभन्दा केही समय अगाडि परीक्षा अनुगमनको लागि नेपाल नर्सिङ परिषद्‌बाट खटिई आउनुभएका सरहरुले मलाई अफिसमा बोलाई लिई गएकोमा परीक्षामा सहभागी भएकी भावना गुरुङ पनि उक्त अफिसमा थिइन्। 

Xtrem

Xtrem

उनको मोबाइलमा मेरो मोबाइलको भाइबरमा रहेको फोटो मलाई देखाई समीक्षा थापा र मेरो मोबाइलको भाइबरबाट समेत र ‘एप्ल आई र बनना आईआई’ गु्रपमा अलब्राइट फोनक्स र श्रीया नामको आईडी समेतबाट उक्त नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्रहरु पठाएको र उक्त प्रश्नहरुको उत्तर समेत एक आपसमा ग्रुप सेयर गरी परीक्षाको मर्यादा विपरीतको कार्य गरेको भनी भावना गुरुङ, समीक्षा थापा र मलाई समेत प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
सम्बन्धित सामग्री
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा इ–लोडरमा लोड गरी ल... शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चि... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्