• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
भाइबरमा ग्रुपच्याट बनाएर नर्सिङ लाइसेन्सको प्रश्नपत्र आउट, उत्तर आएपछि कापीमा सारेर नर्स हुने दाउ  १२ जना विरुद्ध मुद्दा, ९ जना भने फरार
64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  ११:३५
1140x725

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा १२ जना विरुद्ध मुद्दा चलाइएको छ। 

काउन्सिलले असार २३ गते लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा, पोखरा–१६ कै २० वर्षीया भावना गुरुङ पक्राउ परेका थिए। 

प्रश्नपत्र आउट गरेको पाइएपछि प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेको पाइएको थियो। उनीहरुलाई थप अनुसन्धानका लागि भन्दै वृत्त बालाजुले परिसर काठमाडौंमा पठाएको थियो। 

परिसरले २५ दिनसम्म गरेको अनुसन्धानको क्रममा थप ९ जनाको संलग्नता देखिएपछि उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको परिसरले जनाएको छ। ९ जना भने फरार भएकाले उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ। 

फरार प्रतिवादी हुनेहरुमा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सनसरी श्रेष्ठ, पोखरा–१४ कि २३ वर्षीया सुस्मिता रानाभाट, बाग्लुङको गलकोट नगरपालिका–१ घर भएकी २२ वर्षीया धनुष विश्वकर्मा, बागलुङ नगरपालिका–१४ घर भएकी २३ वर्षीया सुष्मा पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका–६ घर भएकी १९ वर्षीया रोजिना काउछा मगर, कास्कीको माछापुच्छे गाउँपालिका–७ घर भएकी १८ वर्षीया अस्मिता विश्वकर्मा, कास्कीको अन्नपूर्ण गाउँपालिका–९ घर भएकी २० वर्षीया निशा पुन, पोखराकी २४ वर्षीया श्रेया पहारी र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ की २३ वर्षीया सृष्टि तिमिल्सिना छन्।

यी १२ जना प्रतिवादी विरुद्ध नै विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उनीहरुले भाइबरमा ‘एप्पल आई र बनाना आईआई’ नामको ग्रुप बनाई प्रश्नपत्र उक्त ग्रुपमा पठाएका थिए। त्यसपछि उनीहरुले अलब्राइटको नामबाट उत्तर तयार गरी सोही ग्रुपमा पठाउने गरेको र उत्तरपुस्तिकामा सार्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेकी सविना आलेको बयान- आत्तिनु पर्दैन उत्तर समेत भाइबरमा आउँछ भनिएको थियो
नेपाल नर्सिङ परिषद्‌बाट लिने नर्सिङ लाइसेन्स (नाम दर्ता) परीक्षा असार २२ गते काठमाडौंमा हुने जानकारी पाएपछि पोखरामा नै रहेको अलब्राइट एकेडेमीबाट मैले पनि उक्त परीक्षामा सहभागी हुन फारम भरेको थिएँ।

त्यसपछि म असार २१ गते काठमाडौं आई नयाँ बसपार्कको एक होटलमा बसेँ। असार २२ गते अलब्राइट एकेडेमी पोखराबाट आउनुभएकी सनिषा श्रेष्ठ समेत बसेको उक्त होटलमा आई मेरो परीक्षा केन्द्र सिद्धार्थ बनस्थली स्कुलमा तोकिएको जानकारी गराइन्।

Ncell 2
Ncell 2

म लगायत परीक्षामा सहभागी हुन आएका अन्य साथीहरुलाई समेत परीक्षामा आत्तिनु पर्दैन, मोबाइलको भाइबरमा ‘एप्पल आई र बनना आईआई’ नामको ग्रुप बनाई सबै जना ज्वाइन भएर प्रश्नपत्रको फोटो खिची भाइबरमा पठाउनु, उक्त प्रश्नपत्रको उत्तर लेखी पठाइदिनेछौं भनेका थिए।

असार २३ गते बिहान ९ बजे सिद्धार्थ बनस्थली स्कुलस्थित परीक्षा केन्द्रमा पुग्दा मलाई पेट दुखेकोले मैले मेरो साथमा रहेको मोबाइल अलब्राइट एकेडेमी पोखराबाट आएको भनी बताउने मैले नचिनेको यकिन नाम, थर, वतन र सम्पर्क नम्बर थाहा नभएको महिला परिक्षार्थीलाई राख्न दिएको थिएँ।

उनले मेरो मोबाइलको स्क्रिन लगको पासवर्ड समेत मागेकोले मैले पासवर्ड समेत उनलाई दिएको थिएँ। म ट्वाइलेटबाट फर्केर आउँदा उनले मेरो मोबाइल लिने व्यक्ति उक्त स्थानमा नभएको र वरपर हेर्दा नदेखेकाले परीक्षा हलमा प्रवेश गर्ने समय पनि भएकोले म मोबाइल नलिई उक्त परीक्षा केन्द्रको कोठा नम्बर १०५ मा छिरे।

परीक्षाको समय सकिनुभन्दा केही समय अगाडि परीक्षा अनुगमनको लागि नेपाल नर्सिङ परिषद्‌बाट खटिई आउनुभएका सरहरुले मलाई अफिसमा बोलाई लिई गएकोमा परीक्षामा सहभागी भएकी भावना गुरुङ पनि उक्त अफिसमा थिइन्। 

उनको मोबाइलमा मेरो मोबाइलको भाइबरमा रहेको फोटो मलाई देखाई समीक्षा थापा र मेरो मोबाइलको भाइबरबाट समेत र ‘एप्ल आई र बनना आईआई’ गु्रपमा अलब्राइट फोनक्स र श्रीया नामको आईडी समेतबाट उक्त नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्रहरु पठाएको र उक्त प्रश्नहरुको उत्तर समेत एक आपसमा ग्रुप सेयर गरी परीक्षाको मर्यादा विपरीतको कार्य गरेको भनी भावना गुरुङ, समीक्षा थापा र मलाई समेत प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित
सम्बन्धित सामग्री
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए । राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण ख... शनिबार, जेठ १०, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू यो वर्षको सुरुमै मुम्बईमा कोरोनाका बिरामीहरू पुष्टि हुन थालेका थिए । शनिबार बिहान ६ बजेसम्ममा कोरोनाका ३१२ केसहरू दर्ता भएका छन्। यद... शनिबार, जेठ १०, २०८२
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर क... शनिबार, जेठ १०, २०८२
ताजा समाचारसबै
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल शनिबार, जेठ १०, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित शनिबार, जेठ १०, २०८२
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा शनिबार, जेठ १०, २०८२
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्