सुनसरी- ईटहरी नगरपालिका २० सेउती पुलमा गएको साउन ५ गते विराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी बुधबार प्हरीले उनीहरुलाई सार्वजानिक गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान-१० का ३४ वर्षीय अनसन राई रहेका छन् ।
पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट ईटहरी जाँदै गरेको को। ३२ प १७९६ नम्बरको मोटरसाइकल रोकेर चालक विराटनगर-५ कोचाखालका २८ वर्षीय चौधरी र मोटरसाइकलमा सवार सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाइ जबरजस्ती लुटपाट गरेका थिए। प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी उनीहरु फरार भएका थिए।
कोखामा गोली लागेर गम्भीर घाइते चौधरीको सोही दिन उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा असार ८ गते धरान १७ को खैरेनी जंगलमा एक जना महिला, असार २३ गते धरानमा श्रीमान श्रीमती तथा असार ३१ गते धरानमै अर्का एक व्यक्तिलाई लुटपाट गर्ने व्यक्ति पनि उनीहरु नै भएको खुलेको छ।
पक्राउ परेका तिमिल्सिना जर्बजस्ती करणी मुद्दामा १० वर्ष जेल बसेर २ महिनाअघि र तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्षअघि छुटेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।