• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : के के भयो पहिलो दिन?

64x64
नेपाल लाइभ बुधबार, साउन १७, २०८०  २०:२५
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो बैठक बुधबारबाट सुरु भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठक आइतबारसम्म चल्ने बताइएको छ।

बैठकमा केन्द्रीय समितिमा ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, माओवादी केन्द्रले निर्धारण गरेको १० प्रदेशका पदाधिकारी ९० जना, तीन वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरु सहभागी भएको महासचिव देव गुरुङले बताए।

बुधबार दिउँसो १ बजे सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएको भन्दै बैठकबाट पार्टी पुनर्निर्माणको ऐतिहासिक अभियान सुरु गर्नुपर्ने बताए। सरकारले गरिरहेको कामले जनतामा नयाँ आशा पलाएको उनको भनाइ थियो।

बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका छन्। त्यसक्रममा प्रचण्डले पार्टी सदस्य संख्या सात लाख ५२ हजार ९५६ रहेको विवरण प्रस्तुत गरेका थिए। 

प्रदेशगत रुपमा माओवादी सदस्य बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख ४७  हजार ९५६ जना छन्। त्यस्तै, मधेश प्रदेशमा एक लाख १६ हजार ९७५, लुम्बिनी प्रदेशमा एक लाख १२ हजार ९१०, कोशी प्रदेशमा ९९ हजार ६०१, कर्णाली प्रदेशमा ८५ हजार ७७४, सुदूरपश्चिम प्रदेशमा ८० हजार ४८२, गण्डकीमा ६६ हजार ६८७ सदस्य छन्। सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रचण्डले केन्द्रीय समितिको आकार ४०९ बनाउने प्रस्ताव गरेका छन्। अहिले सो पार्टीको केन्द्रीय समितिमा ३८५ जना छन्। समावेशिताका अनुसार २४ जना महिला सदस्य थपेर ४०९ पुर्‍याउने प्रस्ताव गरिएको हो। त्यसका लागि बुधबारको बैठकबाट विधान संशोधन भइसकेको छ।

प्रचण्डले 'जनतासँग पार्टी' अभियान पनि प्रस्तुत गरेका छन्। पार्टी सुदृढीकरण अभियान भनिएको यस अभियान हरेक वडासम्म पुग्नेछ। भदौ, असोज र कात्तिक महिनाभर अभियान चल्नेछ। केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार, तीन महिनाको अभियान सञ्चालन गरेर विधान सम्मेलन गर्ने र विधान सम्मेलनबाट पार्टीलाई चुस्त दुरुस्त व्यवस्थित तुल्याउने भन्ने प्रस्ताव प्रचण्डले राखेका छन्।

उनले पार्टी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई ३२ विभागको जिम्मेवारी, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वयको जिम्मेवारी दिने प्रस्ताव पनि प्रस्तुत गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सम्बोधन क्रममा प्रचण्डले गठबन्धन थप बलियो हुँदै गएको बताएका थिए। उनले सरकारले भ्रष्टाचार विरोधी अभियान सुरु गरेको बताएका थिए। सरकार छाड्नुपरे पनि सो अभियान नछाड्ने उनको भनाइ थियो।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सहभागी सदस्यहरुलाई दिइएको छैन। उनको मौखिक प्रतिवेदन सुनेकै भरमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। बुधबारको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको सापकोटाले जानकारी दिए।

प्रत्येक सदस्यलाई बोल्नका लागि पाँच मिनेट समय उपलब्ध गराइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ।

बैठकलाई लाइभ गर्ने भनेर केही दिनअघिको पदाधिकारी बैठकले निर्णय गरेता पनि अन्तिम समयमा सो निर्णयबाट पार्टी पछि हटेको थियो। केन्द्रीय समिति सुरु हुनुअघि बुधबार बिहान बसेको स्थायी समिति बैठकले लाइभ नगर्ने निर्णय लिएको थियो। सापकोटाले बैठकलाई लाइभ गर्दा बैठककै मूल आत्मा मारिने भएकाले लाइभ नगर्ने निर्णय गरेर ठीक गरिएको बताए। उनले पार्टीको बैठक भनेको नितान्त आन्तरिक र घरायसी छलफल भएको बताए।

भोलि बिहान ११ बजे पुन बैठक बस्नेछ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
सम्बन्धित सामग्री
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्