धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्।
६ महिनायता रिक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्दै उनले तेस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको थिएन। २०७९ माघ २७ गते मुख्यमन्त्री नियुक्त भएका शाहले दुई पटक मन्त्रीमण्डल विस्तार गर्दा समेत पूर्णता दिन सकेनन्
उन्मुक्तिले सरकारमा सहभागी हुन २ वटा मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। उन्मुक्तिलाई सरकारमा सहभागी गराउने विषयमा सहमति जुटाउन मुख्मन्त्री कमल बहादुर शाह नै काठमाडौं आएका थिए।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री शाह, संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी सहितको उपस्थितिमा सहमति जुटेको हो।
उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र घनश्याम चौधरी राज्यमन्त्री बनेका छन्। रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सदस्य शिवराज भट्टलाई दिइएको छ।
मुख्यमन्त्री सचिवालयका अनुसार नवनियुक्त हुने मन्त्रीहरूले बुधबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिँदेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।