काठमाडौं– कोशी प्रदेशका तत्कालीन सभामुख बाबुराम गौतम आर्थिक योजना मन्त्रालयको नेतृत्व लिँदै सत्तारोहण गर्ने भएका छन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख पद त्यागेका गौतमले महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन्।
बुधबार बिहानै गौतमसहित गठबन्धन घटकबाट एक/एक जना मन्त्री लिएर शपथ लिने तयारीमा रहेका थापा गौतमको नाममा माओवादीभित्र विवाद भएपछि पछि हटेका थिए।
तर, बुधबार अपराह्न माओवादीभित्र सहमति जुटेपछि गौतमलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ भने थापालाई गठबन्धनबाट केही नेता सहभागी गराउने इच्छा पूरा भएको छ। यसअघि माओवादीकै सांसद जीवन आचार्यले अर्थमन्त्रीमा दाबी गरेपछि सो दलभित्र विवाद देखिएको थियो।
गौतमलाई राजीनामा गराउँदै अकर्षक मन्त्रालय दिने सहमति अनुसार नै उनले सो मन्त्रालय पाएको एक नेताले बताएका छन्। उनलाई राजीनामा गराउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै पहल गरेका थिए।
माओवादीबाट गौतम, कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री बननेका छन्। सुनुवार खानेपानी मन्त्री र जवेगु भौतिक मन्त्री बनेका छन्।
थापाले बुधबार साँझ ५ बजे शपथ लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।