• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

ट्रान्जिट : रहस्यमयी पात्रहरूका रोमाञ्चक उडान

64x64
समर्पण श्री बुधबार, साउन १७, २०८०  १७:०७
1140x725

‘तपाईंलाई टाइम ट्राभल’मा स्वागत छ,’ ‘एयरहोस्टेज’को मधुरवाणी सुनिन्छ। उडानको बेला यात्रुहरूले पालना गर्नुपर्ने नियम बताउँछिन् उनी। 

मनले सोच्छ, ‘पालना नगरिदिँदा के हुन्छ?’

जवाफ – अवरुद्ध हुनसक्छ कि!

उसो त म बारुदमाथिबाट उड्ने विमानको यात्रासँग त्रसित छु। हुँदै नहुने दुर्घटनालाई सम्भावित सम्झेर अतालिन्छु। यो त झन् रहस्यमयी उडान छ। 

न(अ)गरकोटी’को श्वैरकल्पनाभित्र विमानले उडान भर्दैछ। लाग्दै थियो, ‘कतै ‘अगरकोटी’कै मस्तिष्कभित्र दुर्घटित त हुने हैन।’ 

शिल्पी थिएटरको अँधेरो  हलबाट यात्रा सुरु हुन्छ। के  ‘सेफ ल्याण्डिङ’ हुन्छ?

०००

नेपाली साहित्यमा परम्परागत शैलीलाई भत्काउने कुमार नगरकोटी यस्ता ‘पाइलट’ हुन्, जो बनिबनाउ मान्यतामा ‘हु केयर्स’ गर्छन्। उनी आख्यान लेख्दैनन् मात्र, ‘डिजाइन’ पनि गर्छन्। त्यसैले उनलाई प्रेम गर्नेहरू सम्मानसाथ भनिदिन्छन्, 'फिक्सन डिजाइनर।'

Ncell 2
Ncell 2
nimb
nimb

‘फिक्सन डिजाइनर’ र रंग निर्देशक घिमिरे युवराजको संयुक्त डिजाइनले खडा गरेको संसार कस्तो होला? 

सेटको अँधेरो कोठामा ‘मानवशास्त्री’ रुमलिरहेका छन्। ओहो! मानवशास्त्री हैन, मानव शास्त्री पो त! उनी ‘एन्थ्रोपोलोजिस्ट’ हैनन्, नाटककार हुन्।

मानव मायावीको जालमा छन्। तपाईंले सेटको माथि नियालेर हेर्नुभयो भने जाल ओछ्याइएको छ। यसर्थ मानव मात्र हैन, मायावी पनि जालमा छिन्। वास्तवमा मायावीहरू मानवहरूको जालमा बढी प्रताडित छन्। 

मानवले मायावीलाई विभिन्न अवतारमा देखिरहेको छ। मायावीको तीन अवतार नाटकको सुन्दर ‘कन्फ्युजन’ हो। विसं २१७५ बाट मायावी समय यात्राको विमान चढेकी छ। ०७ सालको क्रान्ति नियालेकी छ। बालकृष्ण समको व्यक्तित्व र स्वभावसँग संवाद गरेकी छ।

यतिबेला यात्राको सुई ०७५ को घडीमा गएर अडिन्छ। अडिई राख्छ।

फेन्टासी कति शक्तिशाली हुन्छ? त्यसको फैलावटले देखिने दृश्य र गहिराइले भेटाउने जरा कति महत्वपूर्ण हुन्छ? डेढ घण्टाको नाटकमा मैले अनुभूत गरेँ। 

मानव शास्त्रीको कोठामा वा गोदाममा मरेको लासबारे मायावीहरूले पटक-पटक बताइरहन्छन्। यो नेदिखएको लासले आदर्श वा अस्तित्वको मृत्युलाई इंगित गर्छ। प्राइभेट जेल र जेलरको प्रसंग। मानिसहरू आ–आफ्नो सोचाइको बन्दी छन्। आफैंले आफूलाई बन्दी बनाएर पर्खाल लगाइरहेका छन्।

कथाका पात्रहरू सशक्त ‘मेटाफर’ लाग्छन्। सेटको प्रयोग नौलो छ। सुरुवाती दृश्यमा मान्छेहरूको छाया देखापर्छ, त्यसपछि मानव। अनि मायावी। र मायावीहरू। सेटले समयको कथा, पात्रको मनस्थितिको कथा र मनभित्र उब्जिएका द्वन्द्वको कथा भन्छ।

कफी घाटले नाटकमा नगरकोटी फ्लेभरलाई झन् स्वादिलो बनाउँछ। कफी घाटमा भेटिने घिमिरे युवराज ‘विमोक्ष’का लागि ‘हिउँको पृथ्वी यात्रा’ गरिरहेछन्।

यतिबेला उनी ‘ट्रान्जिट’मा रोकिएका छन्। अनि न(अ)गरकोटीको कफीघाटमा निदाइरहेका छन्। यहाँ मानव शास्त्री मायावीसँग आइपुगेका छन्। यहाँ अनुपस्थित तीन छन्, सायद ती मानवका नाटकका तीन अभिनेत्री हुन् कि! उनीहरूको अनुपस्थितिमा मानवको अनौठो यात्रा सुरु भएको थियो।

 कफीघाटबाट घिमिरे युवराज नाटकको रथ गुडाउँदै ओझेल हुन्छन्। म कफी घाटका यी पात्रहरूलाई अनौठा बिम्बझैं नियालिरहेछु।

अब जाऊँ ‘ट्रान्जिट’का यात्रीहरूतर्फ। मानवशास्त्रीको अवतारमा दिव्य देवले दस्तखत नै गरे। नगरकोटीको मस्तिष्कमा हुर्किएको ‘पर्फेक्ट’ पात्र हुन् झैं लागे। उनलाई देख्नासाथ ‘चिसो एस्ट्रे’मा भूपी गल्लीहरूमा रुमल्लिरहेका मदन सम्झिन्थेँ। अब मानव शास्त्रीको सम्झना दिव्य देवले गराइरहनेछन्।

मायावी – आकांक्षा कार्की

मायावी– शिल्पा मास्के

मायावी– बासना तिमल्सिना

यी पात्रहरूले जन्माउने थ्रील, उत्सुकता र रोमाञ्चकता रोचक छ। कहिले उनीहरू ‘ट्रान्जिट’मा भेटिएका समय यात्राका यात्रीजस्ता लाग्छन्, कहिले मानव शास्त्रीले नाटकमा अभिनय गराएका अभिनेत्री जस्ता लाग्छन् त कहिले प्राणबाट छुटेर भ्रमणका निस्किएका आत्माजस्ता।

मायावीको तीन अवतारले छुट्टै प्रभाव छाडेका छन्।

प्राइभेट जेलका जेलरका अवतारमा सुहाउँदिलो देखिन्छन्, मिल्सन राई।

‘ट्रान्जिट’मा भेटिएका पात्रहरूले छुट्दा पनि निकै दिनसम्म पछ्याइरहे। यो समयको अनुहारलाई नगरकोटीले अमूर्त शैलीमा पोट्रेट गरेका छन्। नगरकोटीको श्वैरकल्पनाको उडानलाई घिमिरे युवराजले वास्तविकताको धरातलमा सुरक्षित अवतरण गरेका छन्।

यदि तपाईंलाई यो उडानको महसुस गर्न मन छ भने ‘ट्रान्जिट’ शिल्पीमा छ। हिजोआज साँझ साढे पाँच बजे गोठाले नाटकघर तपाईंको प्रतीक्षा गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्