काठमाडौं- नेकपा माओवादी केन्द्रको सदस्य संख्या साढे सात लाख रहेको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका छन्।
बुधबारदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित केन्द्रीय समिति बैठकमा उनले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्याको विवरण खुलाएका हुन्।
प्रचण्डले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन अनुसार, माओवादी केन्द्रका कूल सदस्य संख्या सात लाख ५२ हजार ९५६ छन्। जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख ४७ हजार ९५६ जना छन्।
त्यस्तै, मधेश प्रदेशमा एक लाख १६ हजार ९७५, लुम्बिनी प्रदेशमा एक लाख १२ हजार ९१०, कोशी प्रदेशमा ९९ हजार ६०१, कर्णाली प्रदेशमा ८५ हजार ७७४, सुदूरपश्चिम प्रदेशमा ८० हजार ४८२, गण्डकीमा ६६ हजार ६८७ सदस्य छन्।
त्यस्तै, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको आकार ४०९ सदस्यीय पुर्यानउने प्रस्ताव गरेका छन्। अहिले सो पार्टीमा केन्द्रीय समितिको आकार ३८५ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।