काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणधीन संघीय संसद् भवनको प्रगतिबारे जानकारी लिएका छन्।
भवन निर्माण आयोजनाबाट भवन निर्माणको प्रगतिबारे जानकारी लिएको भन्दै सभामुख घिमिरेले हिउँदे अधिवेशन गर्नेगरी काम गर्नका लागि अझै तीव्र रुपमा काम गर्नुपर्ने सुझावसमेत दिएको बताएका छन्।
भवन निर्माण आयोजनामार्फत् लिएको जानकारी अनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको घिमिरेले बताए।
‘हिउँदे अधिवेशन गर्नेगरी काम भइरहे पनि अझै थप तीव्रता दिनुपर्ने सुझाव दिएको छु। भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहनेछ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।