काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो बैठक सुरु भएको छ। बुधबार प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको बैठक आइतबारसम्म बस्नेछ।
बैठकको पहिलो कार्यसूचीमा श्रद्धाञ्जली व्यक्त, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन (राजनीतिक र सांगठनिक प्रतिवेदन), विधान संशोधन प्रस्ताव, सांगठनात्मक कार्य (अभियान र कार्यविभाजन लगायत) रहेको महासचिव देव गुरुङले जानकारी दिए।
बैठकमा केन्द्रीय समितिमा ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, माओवादी केन्द्रले निर्धारण गरेको १० प्रदेशका पदाधिकारी ९० जना, तीन वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरु सहभागी भएको गुरुङले बताए।
अध्यक्ष प्रचण्डको सम्बोधनसँगै बैठक प्रारम्भ भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।