काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुसँग नेता कार्यकर्ताको विशाल पंक्ति रहे पनि पार्टी भने पार्टीजस्तो भइनसकेको बताएका छन्।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीसँग नेता कार्यकर्ताको विशाल पंक्ति त छ। तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन।’
प्रचण्डले यस बैठकबाट कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नु पर्नेमा जोड दिए। उनले माओवादी पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिराखेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।