काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राजदूत नियुक्तिमा समावेशीता नभएको भन्दै संसदीय सुनुवाइ समितिमा सांसदहरुले प्रश्न उठाएपछि जवाफमा मन्त्री साउदले उक्त कुरा बताएका हुन्। उनले सरकारको प्रतिबद्धता अनुसार नेपालको संविधानको मर्म र भावना अनुरुप समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
साथै उनले राजदूत नियुक्ति गर्दा पनि समावेशी सिद्धान्तलाई सम्बोधन गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको जनाएका छन्।
त्यसैगरी उनले नेपाल परराष्ट्र सेवा समावेशीतामा नमुनाको रुपमा रहेको दाबी गरेका छन्। मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतहरूमध्ये महिला ३, जनजाती ४१ र अपाङ्गता भएका व्यक्ति १ जना कार्यरत रहेकोसमेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।