काठमाडौं– नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरुलाई खटाएको छ। पार्टी संगठन सुदृढीकरणका लागि भन्दै केन्द्रीय तहका नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएहो हो।
पार्टीको वार्षिक क्यालेण्डरअनुसार पहिलो चरणमा पार्टीलाई सुदृढीकरण गर्ने उद्धेश्यका साथ ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाएको कांग्रेसले जनाएको छ।
कांग्रेसले यही साउन २० गते देखि ३० गतेको समयसीमा तोकेर जिल्ला प्रतिनिधि खटाएको छ। जिल्लामा खटिएका प्रतिनिधिहरुले जिल्लाको आन्तरिक गतिविधिका बारेमा रिपोटिङ गर्ने, छलफल गर्ने कांग्रेसले जनाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।