काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ।
माओवादी केन्द्रीय समितिको बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। बैठक नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा बस्नेछ।
केन्द्रीय समितिको बैठकअघि स्थायी समितिको बैठक बस्ने जनाइएको छ। स्यायी समितिको बैठक बुधबार बिहान ८ बजे बस्ने तय छ।
माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसार (लाइभ) गर्ने निर्णय समेत गरेको छ। यद्यपि बैठक लाइभ गर्ने निर्णयको भने माओवादी केन्द्रका कतिपय नेताहरुले विरोध गरिरहेका छन्।
बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५–५ मिनेटको समय दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।