काठमाडौं– सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले विधेयक पारित गरेर संसद्मा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृतसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।