काठमाडौं– परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौता भएका केही मित्र राष्ट्रबाहेक अन्य देशका राष्ट्रिय सेनामा नेपाली नागरिक भर्नाका लागि अनुमति नभएको बताएको छ।
केही सार्वजनिक सञ्चारमाध्यममा समेत नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका समाचार प्रकाशन/सम्प्रेषण भएपछि मन्त्रालयले ठगीबाट बच्न पनि आग्रह गर्दै नेपाली नागरिक विदेशी सेनामा भर्तीबारे स्पष्ट पारेको हो।
‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत सबैमा सूचित गरिन्छ ।’
बेलायती र भारतीय सेनामा भर्ना हुन भने नेपालीलाई अनुमति छ। नेपालका नागरिकलाई विदेशी सेनामा भर्ती गराउने गरी ७२ वर्षअघि त्रिपक्षीय सन्धि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।