फाइल तस्वीर नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीका अपराधीहरूलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग सांसद दाहालले सुन तस्करहरूलाई उन्मुक्ति दिने गलत मनसायले एमालेले छानबिन समितिको माग गरेको बताए। अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप उनले लगाए।
एमालेको नियतमा आशंका देखिएको भन्दै उनले सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए। सुन तस्करीको विषय लेनदेनको विषय बनाउन नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।