काठमाडौं– संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ। प्रधानन्यायाधीशका लागि सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन टुंगिएको छ।
बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक १८ गते ५ बजे बस्ने जानकारी दिए। अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भन्ने बारेमा बैठक अजेण्डा थियो। बैठक प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा प्रवेश हुन सकेन। अर्को बैठक १८ गते ५ बजे बस्ने गरी स्थगित भएको छ।’
१८ गते प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक पदाधिकारी नियुक्तिका बारेमा छलफल हुने छ। प्रधान्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट सेवाबाट निवृत्त हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।