काठमाडौं– नेपालीहरू भाडाका सैनिक भर्ना गर्ने रुसी समूह वाग्नरमा भर्ना भएको घटनाबारे परराष्ट्र मन्त्रालय बोलेको छ।
टेलिग्राम, ट्विटर, टिकटक र फेसबुकमा नेपालीहरू रुसी सेनामा भर्ना भएको भिडिओहरू सार्वजनिक भएका थिए। उक्त विषयमा परराष्ट्र यस्ता कार्यमा संलग्न हुँदा जोखिम र उद्धारमा कठिन हुने भन्दै सजग हुन अनुरोध गरेको छ।
आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले परम्परागत रुपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली भर्ना हुने अनुमति सरकारले दिए पनि त्यसबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नीति सरकारको नभएको बताएको छ।
'विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएको बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,' परराष्ट्रले भनेको छ, 'कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।