काठमाडौं- कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। उनले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा गौतमले आफूले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेको बताएका छन्।
‘म कोशी प्रदेशको सभामुख पदमा मिति २०७९/०९/२८ मा निर्वाचित भई हालसम्म संविधान र कानुनले तोकेको भूमिका निष्पक्ष र तटस्थ रुपमा निर्वाह गरी आएकोमा’, उनले राजीनामा पत्रमा लेखेका छन्।
अघिल्लो महिना उद्धव थापालाई मुख्यमन्त्री बनाउनका लागि सभामुख गौतमले गरेको हस्ताक्षर विवादमा परेको थियो। उनकोसमेत हस्ताक्षरमा गठन भएको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको छ।
पुनः थापालाई नै मुख्यमन्त्री बनाउनका लागि गौतमले राजीनामा दिएका हुन्। सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्। थापाले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।