काठमाडौं– संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठकको अजेण्डा भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो।
प्रधानन्यायाधीशका लागि विश्भवरप्रसाद श्रेष्ठसहित ११ जनाको रोष्टर न्याय परिषद्ले पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।