काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका छन्। सांसद पौडेलले पनि उक्त समिति आवश्यक रहेको बताएका हुन्।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए। छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने उनको भनाइ थियो।
‘राज्यले यसलाई गम्भीर विषय बनाउनु पर्यो, राज्यको जुन ढंगको गम्भीरता हुनुपर्ने हो त्यो ढंगको गम्भीरता देखिएको छैन,' उनले भने, 'संसद्मा छलफल हुनुपर्छ, छानबिन समिति बनाउनुर्छ।'
उनले त्यसको प्राविधिक कुरा पनि बुझेका मान्छे राखेर छानबिन समिति बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।