काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको लागि दाबी गर्न दिएको सयम सीमाभित्रै कांग्रेस नेता थापाले दाबी पेस गरेका हुन्।
निर्णायक मतका लागि माओवादीबाट सभामुख भएका बाबुराम गौतमले पद त्यागेपछि उनको हस्ताक्षरसहित ४७ सांसदको हस्ताक्षर कांग्रेस नेतृत्वको गठबन्धनले प्रदेश प्रमुखलाई पेस गरेको हो।
यसअघि असार २१ गते बाहलवाल सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थापालाई खापुङले नियुक्त गरिदिएका थिए। तर सर्वोच्चले प्रक्रिया नै बदर गरिदिएपछि फेरि सभामुखको राजीनामा गराएर दाबी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।