काठमाडौं– कोशी प्रदेशको सरकारमा बहुमतका लागि पद त्याग्न बाध्य भएका तत्कालीन सभामुख बाबुराम गौतमले प्रदेशको स्थायित्वभन्दा पनि परिवेशले राजीनामा दिएको बताएका छन्।
मंगलबार साँझसम्ममा सरकारका लागि दाबी पेस गर्नु ठीक केही समय अघि राजीनामा गरेका गौतमले उक्त कुरा बताएका हुन्।
‘प्रदेशको स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन। मेरो प्रष्टै कुरा छ। तर परिवेशले त्यहाँ पुर्यायोर मैले त्यो गर्ने भएँ,’ गौतमले भने।
सभामुखको राजीनामापछि कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।