काठमाडौं- निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास बालुवाटारअघि सडकमा डोजर तेर्स्याएर आन्दोलनमा छन्।
सरकारले बनाएका योजनामा ४ खर्ब रुपैयाँभन्दा बढीकाा योजनाको सुनिश्चितता गरे पनि स्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्। त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके खारेज गर्नुपर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।
निर्माण व्यवसायीलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने माग उनीहरूको छ।
उक्त आन्दोलनमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेन्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको र आन्दोलनमा आफू पनि सहभागी हुनसक्ने उनले बताएका छन्। चालुु परियोजनाकै भुक्तानी नगरी नयाँ योजना बनाउनु बेकार भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।