फाइल तस्वीर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।
१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधि सभा बैठक सञ्चालमा सहमति जुट्न नसकेको हो।
एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।