राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (फाइल तस्बिर)
काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले कोशी प्रेदशमा कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुभाव दिएका छन्। सरकारविहीन अवस्थामा रहेको सो प्रदेशमा मंगलबार साँझसम्म मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने छ।
सोही विषयलाई लिएर अध्यक्ष लिङ्देनले मंगलबार बिहान विराटनगरमा पत्रकारहरु समक्ष उक्त सुझाव दिएका हुन्।
‘सरकार निर्माणको प्रक्रिया र धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन। कांग्रेस र एमाले मिलेर सरकार चलाउन भन्ने हाम्रो सुझाव हो,’ सँगै रहेका एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीतिर लक्षित गर्दै लिङ्देनले भने।
कोशीमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सो प्रदेशमा ठूलो पार्टी रहेको एमालेका ४० सांसद छन्। यस्तै, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ , एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।