काठमाडौं– आज (मंगलबार) संवैधानिक परिषद्को बैठक बस्दै छ। बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधान्यायाधीश सिफारिसका सम्बन्धमा छलफल गर्ने बैठकको प्रमुख अजेन्डा रहेको छ। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेदेखि अवकाशमा जान लागेका छन्। भावी प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठ रोक्रममा छन्।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनु पर्नेमा हालसम्म संवैधानिक परिषद्को बैठक नै बस्न सकेको थिएन।
प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आइतबार बसेको बैठकले मंगलबारका लागि परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो। सोही सहमतिअनुसार परिषद्का अध्यक्ष प्रधानमन्त्री प्रचण्डले मंगलबारलाई बैठक बोलाएका हुन्।
प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।