• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध हट्ला?

64x64
नेपाल लाइभ मंगलबार, साउन १६, २०८०  ०७:४८
1140x725

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी कार्यसूची तय भएको छ। 

यसअघि सोमबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो। सभामुख देवराज घिमिरेको निर्देशमा सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको थियो। 

पछिल्लो समय १ क्विन्ट सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध पुर्‍याउँदै आएको छ। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने बताउँदै आएको छ। 

सरकारले भने अपराध अनुसन्धानका लागि स्थापित नियकाबाटै अनुसन्धान हुने बताउँदै आएको छ। यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको दाबी छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको झन्डै १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो। मोटरसाइल र स्कुटरको ब्रेक सुमा मोरेर ल्याइएको सुन ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले बरामद गरेको थियो। 

विभागले उक्त सुन तस्करी प्रकरणमा अनुसन्धान जारी राखेको छ। हालसम्म १८ जना पक्राउ परेका छन्। 

एमालेले भने साउन १० गतेको प्रतिनिधि सभा बैठकमा नै सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने माग गर्दै वेल घेराउ गरेको थियो। जसकारण साउन १० गतेको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। 

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर सुन बाहिरिनुले सरकारकै संलग्नतामा सुन तस्करी भइरहेको भन्ने देखिएको एमालेको आरोप छ। एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने पनि बताउँदै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सदन सञ्चालनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। बालुवाटारमा भएको छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले जवाफ दिने र एमालेले सदन सञ्चालन गर्न दिने भन्ने सहमति भएको बताएको थियो। 

तर, पछि एमाले नेताहरुले उच्चस्तरीय समिति गठनको मागलाई छाड्न नसकिने बताएपछि सहमति भाँडिएको बताइएको थियो। जसकारण सोमबारका लागि तय भएको प्रतिनिधि सभा बैठक बस्न सकेन। 

यसअघि सोमबार बस्ने भनिएको बैठकका सम्भावित ५ वटा कार्यसूची थिए। सोमबार बैठक नबसेका कारण उक्त दिनका लागि तय भएका सम्भावित कार्यसूची मंगलबारलाई सर्ने संघीय संसद् सचिवालयले जनाएको छ। 

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची थियो। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। 

Xtrem

Xtrem

सोमबारको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी छुट्टा–छुट्टै पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो। 

यस्तै,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्‌को निर्णयबाट आयोगको कार्यावधिक थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची थियो। 

शिक्षा, विज्ञान तथा प्रविध मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उपत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सोमबारको सम्भावित कार्यसूची थियो।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
सम्बन्धित सामग्री
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो। बैठक दिउँसो १ बजेदेखि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्