• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जब अनियमितताका काण्ड सार्वजनिक हुन्छ, तब शीर्ष नेताबीच तीव्र भेट हुन्छ
64x64
नेपाल लाइभ मंगलबार, साउन १६, २०८०  ०९:०३
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार र सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो। प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउन र संसद्‌लाई सहज ढंगले सञ्चालन गर्न बैठकमा छलफल भएको बताइएको छ। तर समय सन्दर्भले भने अन्य विषयमा ‘समझदारी’को आशंका उत्पन्न गरेको छ। त्यो विषय हो- सुन काण्ड।

साउन २ गते राति हङकङबाट आएको एक विमानमा स्कुटरको  ‘ब्रेक सु’को आवरणमा झन्डै एक क्विन्टल सुन पनि आयो। त्रिभुवन विमानस्थलभित्रको सबै प्रणाली पार भएर सिनामंगल ल्याइएपछि सो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गर्‍यो। यसमाथि अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रियाले धेरैलाई अचम्मित तुल्याएको छ। साउन ८ गते कम्बोडिया भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सुन प्रकरणमा शंका गरिएका अमुक व्यापारीको बचाउमा उत्रिएको भान पर्नेगरी अभिव्यक्ति दिएका थिए। र गृहमन्त्री श्रेष्ठप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

अर्कोतिर, सुन प्रकरणमा केही माओवादी नेताहरुको पनि नाम जोडिएको छ। खासगरी सुन तस्करीमा संलग्न भएको आरोपमा दावा छिरिङ पक्राउ परेपछि माओवादी नेताहरुसँग उनको सम्बन्धको खुलासा भइरहेको छ। फोटो तथा भिडिओहरु सार्वजनिक भइरहेको छ। सुन प्रकरणमा दोषीलाई नछाड्ने भन्दै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि दबाब बढेको छ।

सुन प्रकरणमा एमालेले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतप्रति असन्तुष्टि व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहेको छ नै, यो प्रकरणमाथि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरेको छ। उनीहरुको संलग्नता र सेटिङबिना सुन विमानस्थलबाट बाहिरिन सम्भव नभएको भन्दै उसले छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताइरहेको छ।

Ncell 2
Ncell 2

यही पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो। दुई शीर्ष नेताहरुबीचको औपचारिक र अनौपचारिक कुराकानीको विस्तृत विवरण त सार्वजनिक हुँदैनन् तर यस्ता भेटले सुन प्रकरणको अनुसन्धान फासफुस हुने हो कि भन्ने आशंका भने सिर्जना भएको छ।

यसअघि गत वैशाखमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको र लाभ लिएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यस्तै, कांग्रेसका शीर्ष नेताहरुमाथि पनि आशंका गरिएको थियो। पछि त पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ नै परे।

वैशाख २० मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भोलिपल्टै एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे। उनी वैशाख २३ मा पनि उनीहरुबीच भेट भयो। कांग्रेसका नेताहरु र खासगरी आफ्नै पत्नी आरजु राणामाथि पनि पक्राउ पुर्जी जारी हुने चर्चाबीच भेटघाटमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिए। तीन नेताहरुबीच वैशाख २६, २७ र ३१ मा भेट भएको थियो।

त्यतिबेला पनि संसद्लाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइयो। तर, आशंका भने शरणार्थी प्रकरणसँगै जोडेर गरिएको थियो। यो आशंकालाई एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले शीर्ष नेताहरुलाई नै सुनाइदिएको बताएका थिए।

वैशाख ३१ मा सचेतकहरु समेतको भेटपछि नेम्वाङले प्रतिक्रिया दिएका थिए,  ‘प्रसंगवश यो विषय (शरणार्थी प्रकरण) उठेको थियो, वर्तमान अवस्था, तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो।’

आजकाल शरणार्थी प्रकरणका बारेमा खासै चर्चा हुँदैन। नयाँ काण्डको रुपमा सुन प्रकरण आएको छ। तर नेताहरुको भेट-शृंखला पनि सुरु भएको छ। रोचकचाहिँ के छ भने, अरु बेला दन्तबझान गर्ने र आरोप प्रत्यारोपमा उत्रिने नेताहरु काण्ड सार्वजनिक भइसकेपछि भने सौहार्दपूर्ण वातावरणमा भेट गर्ने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन
सम्बन्धित सामग्री
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका... बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। बुधबार, जेठ ७, २०८२
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
सेनेगलले सबै विदेशी सैनिकहरुलाई हटाउँदै बुधबार, जेठ ७, २०८२
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्