• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डलाई संस्मरण लेख्न ‘विश्राम’ दिने पात्र विप्लव हुन्?

64x64
नारायण अधिकारी बुधबार, साउन १७, २०८०  ०७:३८
1140x725

काठमाडौं– २०७८ मंसिर ७ गते अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद् बैठकलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे। अघिपछि जस्तै कुनै भातृ संगठनको बैठकलाई शुभेच्छा दिने विषय सामान्य र स्वाभाविक भइहाल्यो। तर त्यस सम्बोधमा भने प्रचण्डले अन्तर्मनको कुरा बताउँछु भन्दै एउटा शब्द प्रयोग गरे– ‘राजनीतिक रिटायर्ड’।

प्रचण्डले भनेका थिए, ‘मलाई कतिपयले अझै कति नेतृत्वमा बस्ने पनि भन्ने गरेका छन्। मानौं व्यक्तिगत रुपले बसेको जस्तो। यो मेरो व्यक्तिगत कुरा होइन। मेरो अन्तर्मनको कुरा गर्नुहुन्छ भने मलाई छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गरेर रिटायर्ड भएर संस्मरण लेख्न मन छ। तर दायाँबायाँ हेर्छु, त्यो छाँट देख्दिनँ।’

सेक्टर काण्डपछि निरन्तर ३ दशकभन्दा बढी पार्टीको नेतृत्व हाँकेका प्रचण्डको त्यो बोलीमा ‘थकान’ देखिन्थ्यो। तोक्माको टेकोमा ढाकर अड्याएर एकैछिन लामो सास फेर्दा जति थकान मेटिएको महसुस हुन्छ, त्यो अनुभूति नेतृत्वको हिसाबले प्रचण्डले पाएका छैनन्। वा लिन नचोहका हुन्? नेतृत्वको भारी बिसाएर आफ्नै जीवनका पाटाहरुसँग भलाकुसारी गर्दै संस्मरणलाई लिपिबद्ध गर्ने उनको त्यो ‘ओठे’ बोली थियो वा साँच्चै मनभित्रकै कुरा उकुसमुकुस भएर प्रस्फुटित भएको थियो?

त्यसको दुई महिनाअघि पनि प्रचण्डले यस्तै अभिव्यक्ति दिएका थिए। २०७८ असोज १४ देखि १६ सम्म काठमाडौंमा चलेको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भनेका थिए, ‘राम्रो काम गरेर आउने साथीहरूलाई बाटो छाडिदिन मन छ। तर सबैलाई समेटेर लैजानसक्ने नेता देखेको छैन।’

प्रचण्डबाट पटक–पटक निस्कने यस्ता भनाइले संकेत गर्छ, ‘नेतृत्वको भारी बिसाउने नेताको खोजी जारी छ। तर भरपर्दो नेतृत्व फेला परेको छैन।’ प्रचण्डको भनाइलाई विश्वास मान्ने हो भने उनी विगत केही वर्षदेखि नेतृत्वको भारी बिसाउने नेताको खोजीमा छन्। प्रचण्ड नेतृत्वको त्यो भारी बोक्ने उत्तराधिकारीको रुपमा चर्चाको नाम आएको छ– विप्लव सी।

‘जनयुद्ध’ मा प्रचण्डको ‘खास्सा’ बनेर काम गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)लाई अहिले प्रचण्डको उत्तराधिकारी अर्थात् माओवादी केन्द्रको महासचिव बनाएर पार्टी एकता गर्न लागिएको विषयहरु सार्वजनिक भएका छन्।

विकसित केही घटनाक्रमहरुले यस विषयलाई थप पुष्टिसमेत गर्छ। विप्लवले अहिले प्रचण्डको प्रशंसा गर्न थालेका छन्। माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा आफूलाई खुसी लागेकोदेखि नारायणकाजी श्रेष्ठ (प्रकाश) गृहमन्त्री भएको भए प्रतिबन्ध नलाग्ने कुरा विप्लवले बताएका छन्।

प्रचण्ड सरकारले घोषणा गरेको ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा, जनयुद्धका क्रममा मारिएकाहरूको नाम शहीदको सूचीमा राख्दै राजपत्रमा प्रकाशित गरेको विषयलाई विप्लवले प्रशंसा गर्दै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डलाई क्रान्तिमा धोका दिएको आरोप लगाउँदै पार्टी फुटाउन सक्रियता देखाएका विप्लव अहिले प्रचण्डको प्रतिरक्षामा खरो रुपमा उत्रिरहेका छन्। प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर हुँदा त्यसको प्रतिवाद गर्ने भन्दै प्रतिरक्षामा उत्रिएका थिए। सरकारको भ्रष्टाचार विरोधी अभियानमा विप्लवको अहिले पूर्ण साथ–समर्थन छ।

त्यसो त प्रचण्डले पनि नाम नलिकनै विप्लवलाई नै संकेत गर्दै उनले सरकारको कामको प्रशंसा गरेको बताएका थिए क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला उद्घाटन गर्न असार २० गते कीर्तिपुर पुगेका प्रचण्डले भनेका थिए, ‘तपाईंहरु राम्रोसँग हेर्नुहोस् त, मेरो नेतृत्वमा सरकारले सुशासन र विकासका लागि धेरै राम्रा कामहरु गरेको छ, सबैले स्याब्बास भनेका छन्, अझ खासगरी पार्टी र आन्दोलनभन्दा बाहिरकाले पनि लौ है धन्यवाद र बधाई छ सरकारलाई भनेका छन्। तर हाम्रै रैथानेहरुले चाहिं धन्यवाद र साथ दिन बाँकी छ। उहाँहरुको खै के नमिलेको हो, के चित्त नबुझेको हो। के गरिदिनुपर्ने हो?’ 

प्रचण्ड नेतृत्वको सरकार गठन भएदेखि नै प्रशंसा सुरु गर्न थालेका विप्लव असार ४ गते समाजवादी मोर्चा गठन भएपछि थप नजिकिएका छन्। मोर्चा गठनपछि विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच पार्टी एकता हुने र विप्लव महासचिव बन्ने तयारी भएको विषय सार्वजनिक भएको छ।

प्रचण्ड स्वयं र माओवादीभित्रको एउटा खेमाले विप्लवलाई जतिसक्दो चाँडो पार्टीमा ल्याउनका दबाब दिइरहेका छन्। यो मोर्चा गठन भएपछि पार्टी एकतालेसमेत गति लिएको प्रचण्ड र विप्लवलेसमेत सार्वजनिक रुपमा बताइसकेका छन्। माओवादी केन्द्रका एक नेताका अनुसार विप्लवलाई महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी पार्टीमा ल्याउने योजनासहित मोर्चामा आबद्ध गराइएको हो।

Xtrem

Xtrem

विप्लवसँग एकताका लागि विशेषगरी उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङले पहल गरेका हुन्। प्रतिबन्धपछिका दिनहरुदेखि नै विप्लवसँग पार्टी एकताका लागि महराले निरन्तर संवाद गरिराखेका छन्। महरा–विप्लवको शिक्षक–विद्यार्थीदेखिकै राम्रो सम्बन्ध रहेको छ। जसकारण पनि महराले विप्लवलाई पार्टी एकताका लागि निरन्तर संवाद गर्दै सकारात्मक वातावरण बनाउन पहल गरिरहेका छन्।

अर्कोतर्फ माओवादीबाट पार्टी अलग भएर नेकपा–माओवादी बनाउँदा देव गुरुङ र विप्लव सँगै थिए। ‘माओवादीभित्र हार्डलाइनर’ को रुपमा चिनिएका यी दुवै नेताको सम्बन्ध पनि राम्रो छ। विप्लवलाई पार्टीमा ल्याउन महरासँगै गुरुङले पनि निरन्तर संवाद जारी राखेको माओवादी नेताहरु बताउँछन्।

महासचिवको रुपमा विप्लव माओवादी केन्द्रमा आउने चर्चा भएसँगै यसअघि नै महासचिवका आकांक्षी दुई नेता वर्षमान पुन र जनार्दन शर्मा अहिले एकै ठाउँमा उभिएका छन्। यी दुवै नेता महासचिवको दाबेदार भएकाले कुरा नमिल्दा प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए। माओवादी केन्द्रको भावी नेतृत्वको रुपमा हेरिएका यी दुई ‘कट्टर’ प्रतिस्पर्धी नेता अहिले भने महासविच बनेर विप्लव आउने चर्चासँगै एकै ठाउँमा उभिएका छन्।

त्यसो त यसअघि पनि पुन र शर्मालाई प्रचण्डले च्यापेकै कारण विप्लव पार्टीबाट बाहिरिएको बुझाइ माओवादीका नेताहरुको छ। अहिले फेरि उनीहरुको गुट सजिलैसँग विप्लवलाई महासचिव बनाएर ल्याइहाल्न दिने अवस्थामा छैन। त्यस सम्बन्धमा पुनले पार्टी फुटाएको विषयको समीक्षा हुनुपर्छ भन्ने गरेका छन्। अर्थात्, त्यतिबेला माओवादी फुटाएर गल्ती गरिएछ भन्ने पश्चाताप विप्लवले गर्नुपर्छ भन्ने उनको आशय देखिन्छ।

तर पुनको यो अभिव्यक्तिलाई भने नेकपाले अस्वीकार गर्ने देखिन्छ। नेकपाका स्थायी समिति सदस्य भरत बम सी भन्छन्, ‘ल ठीक छ हामीले पार्टी फुटाएछौं। तर त्यतिखेर पार्टी फुट्दा कुन अवस्थामा थियो। माओवादी केन्द्र कति बलियो थियो? त्यतिबेला कति सांसद थिए, अहिले कति छन्? उहाँहरुले साथ दिएपछि अहिले पार्टीको अवस्था कुन हालतमा छ? कति सिट छ? त्यो पनि प्रचण्डकै चलेख्याइँ र गठजोडले भयो कि उहाँहरुको योगदान रह्यो? उहाँहरुले यो कुरा पनि बुझ्नु भएकै होला नि!’

Prachanda_Biplov_meeting1687403284.jpg
प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्डसँग विप्लव सी

माओवादी केन्द्रको पुन र शर्मा गुटले विप्लवलाई महासचिव मान्न तयार छैन। विगतमा उनीहरुकै कारण विप्लव–प्रचण्ड दूरी बढेको थियो। अहिले यी दुईको पनि पार्टीभित्र आ–आफ्नै गुट छन्। यी दुईबीच चर्को प्रतिस्पर्धा हुने गरेको छ। महासचिवका दाबेदार पुन र शर्मा नै अहिले विप्लवलाई रोक्न लागिपरेका छन्। तर प्रचण्डको रणनीति भने विप्लवलाई भित्र्याएर पुन र शर्मालाई साइजमा राख्ने छ। त्यसको कारण भने माओवादीभित्रको गुटका कारण प्रचण्ड आजित छन्।

गुटका कारण पार्टी अस्तव्यस्त भएको प्रचण्डले बताउँदै आएका छन्। २०७९ भदौ १७ गते कर्णाली प्रदेशको सुर्खेतको पार्टी कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘आन्तरिक गुटबन्दीकै कारण पार्टी पछाडि पर्‍यो। सबैलाई म नै प्रचण्ड हुँ भन्ने मानसिकता छ।’

२०७९ भदौ २२ गते पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डले भनेका थिए, ‘गुट बनाउने, पैसा कमाउने, पद प्राप्तिका लागि तँछाडमछाड गर्ने हो भने आफूलाई मार्क्सका चेला मान्नेहरूले एमालेमै गए हुन्छ।’

पुन, शर्मा र नारायणकाजी श्रेष्ठ गुटका कारण आजित भएका प्रचण्ड सबैलाई आफ्नो काबुमा राख्न पनि विप्लवलाई भित्र्याउन चाहन्छन्।

जसकारण प्रचण्ड नै ‘सर्वैसर्वा’ भएको माओवादी केन्द्रमा पुन र शर्माले विप्वलाई रोक्न खोजे पनि यसले ठूलो असर नपर्ने बुझाइ छ। विप्लव संसदीय राजनीतिमा अहिलेसम्म ‘अनटेस्टेड’ नेता भएकै कारण पनि उनीमाथिको आशा अझै बाँकी नै छ। जसकारण माओवादीको एउटा खेमा भने विप्लव पार्टीमा आबद्ध हुँदा उत्साहित हुने देखिन्छ। विप्लवको आफ्नै राजनीतिक आधार, सक्रियता, अनटेस्टेड नेता भएकै कारण पार्टी थप बलियो हुने भन्दै नेता तथा कार्यकर्ता आशावादी देखिन्छन्।

शान्ति प्रक्रियापछि विप्लव तहका सबैजसो नेता मन्त्री सांसद बन्दा उनले त्यस्ता अफर अस्वीकार गरे। पार्टीमा हार्डलाइनर बन्दै खरो विचार राखे। पार्टीमा दुई लाइन संघर्ष भएपछि उनै विप्लवहितको भूमिकामा २०६९ मा तत्कालीन एमाओवादी फुट्यो। विप्लव मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पार्टीका नेता बने।

त्यसको दुई वर्ष नपुग्दै २०७१ सालमा विप्लवले वैद्य माओवादीबाट छुट्टिएर आफ्नै नेतृत्वमा नेकपा गठन गरे। यहीबीचमा संविधान सभाबाट संविधान जारी भयो। २०७४ को चुनावमा माओवादी र एमाले गठबन्धनले बहुमत ल्यायो। पछि पार्टी एकीकरणसमेत भएर केपी शर्मा ओली अध्यक्ष बने। यता विप्लवले भने भ्रष्टाचारीहरुमाथि कारबाही गर्ने भन्दै आक्रमण सुरु गरे। त्यसपछि ओली सरकारले २०७५ फागुन २८ गते नेकपामाथि नै प्रतिबन्ध लगायो। २०७७ माघ २० गते सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा विप्लव आए। 

शान्तिपूर्ण राजनीतिमा आएको तीन वर्षसम्म विप्लव नेकपाले सोचेअनरुप कुनै उपलब्धि गर्न सकेन। संसदीय राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएका उनी विप्लवले अहिले संसदीय पार्टीहरुसँग मोर्चा बनाएका छन्। त्यतिमात्रै होइन ‘प्रचण्डको महापतन’ भन्दै पुस्तक लेखेका उनै विप्लव अहिले प्रचण्डलाई महान् मान्दै पार्टी एकता गर्न तयार भएका छन्।

अहिले विकसित सकारात्मक घटनाक्रमले पार्टी एकताकै सम्भावना बढी देखिन्छ। त्यसपछि, विप्लवलाई पार्टी उत्तराधिकारी (महासचिव) बनाउने र रिटायर्ड भएर संस्मरण लेख्ने प्रचण्डको चाहना पूरा होला वा उनी फेरि नयाँ पात्रकै खोजीमा हुनेछन्? त्यो समयक्रमले नै बताउला। तर के भुल्नु हुँदैन भने, पार्टीभित्रको अप्ठ्यारोलाई निष्तेज गर्न उनले यस्ता तरिका विगतमा पनि अपनाउँदै आएका छन्। स्वयं नारायणकाजी नेतृत्वको तत्कालीन एकता केन्द्रलाई माओवादीसँग एकता गराउनुको एउटा कारण प्रचण्डलाई पार्टीभित्र परेको अप्ठ्यारो नै थियो। 

पछि नारायणकाजीबाट अप्ठ्यारो महसुस गर्न थालेपछि बाबुराम भट्टराईलाई भित्र्याउने प्रक्रिया पनि सुरु गरेका थिए। ‘युज एन्ड थ्रो’ त प्रचण्डको राजनीतिक सूत्र भएको ठान्छन्, माओवादीकै र अन्य पार्टीका धेरै नेताहरु। त्यसैले अहिले विप्लवका निम्ति प्रचण्डले ओछ्याउन लागेको भनिएको ‘रेड कार्पेट’ ‘संस्मरण लेख्ने’ सही समयको बोध पनि हुनसक्छ, पार्टीभित्रको द्वन्द्वलाई सिथिल बनाउने अस्त्र पनि हुनसक्छ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्