• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

गैर आवासीय नेपाली संघ जस्तै अर्को संस्था खोल्न दिन सर्वोच्चको आदेश, एकताको पहल अनिश्चित

64x64
नेपाल लाइभ सोमबार, साउन १५, २०८०  २०:४८
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) दर्ता भएको २० वर्षपछि विदेशमा बसोबास गरिरहेका नेपाली मूलका विदेशी नागरिकहरु मात्रै सदस्य रहने गरी नयाँ संस्था खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ।

संघका पूर्व केन्द्रीय उपाध्यक्ष सोनाम लामाले आफ्नै अध्यक्षतामा गठन भएको 'युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन' (युएनडिओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको भन्दै रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइपछि न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार नयाँ संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयको नाममा परमादेश जारी गरेको छ।

लामाले युएनडिओ दर्ताका लागि सुरुमा परराष्ट्रमा निवेदन दिएका थिए। तर परराष्ट्रले दर्ता नगरेपछि उनी २०७९ पुस २ गते सर्वोच्च पुगेका थिए। 

नेपाल लाइभसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले निवेदकको माग अनुसार गर्नु भनी परराष्ट्र मन्त्रालयको नाममा परमादेश जारी भएको तर फैसलाको पूर्ण पाठ केही पछि मात्र आउने बताए। ‘सर्वोच्चले पूर्ण पाठ जारी गरे पछि नयाँ संस्था दर्ताको प्रक्रियामा जाने देखिन्छ,’ उनले भने।

के हो एनआरएनए विवाद?
एनआरएनएको प्रतिनिधिसम्बन्धी विवाद न सुल्झँदै चैत्र २०७८ मा दुई पक्षले काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै १० औं महाधिवेशन गरेका थिए। संस्थापन निकट पक्षले एक पटकका लागि भन्दै विधान संशोधन गरी कुल आचार्य, रबिना थापा तथा बद्री केसी अध्यक्ष रहेको नयाँ कार्यसमिति घोषणा गर्‍यो। उता संघका पूर्व अध्यक्ष शेष घले निकट समूहले बिनोद कुँवरको अध्यक्षतामा अर्को कार्यसमिति गठन गर्‍यो।

लगत्तै शेष घले निकट पूर्व उपाध्यक्ष सोनाम लामाले २०७९ वैशाख ६ गते २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुको हस्ताक्षर सहित यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिए। तर मन्त्रालयले कुनै जवाफ नदिएपछि उनी सर्वोच्च पुगेका थिए।

गत असार ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा दुवै पक्षले संस्थागत एकता गर्न हस्ताक्षर गरेका थिए। सोही सहमति अनुसार एकताको ११ औं महाधिवेशन गर्नेबारे छलफल गर्न दुवै पक्ष सम्मिलित बृहत् बैठक यही साउन २७ गते बस्ने भनिएको छ। सर्वोच्चको फैसलापछि अन्योल देखिए पनि संघका पदाधिकारीहरुले भने एकताको प्रयास जारिरहने जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल लाइभसँग कुरा गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले भने, ‘हामीले अदालतको फैसलाको पूर्ण पाठ पढ्न पाएका छैनौं तर हामी अदालतको फैसलाको सम्मान गर्छौं। आउँदो अक्टोबरमा काठमाडौंमा हुन गैरहेको ११ औं महाधिवेशनलाई एकताको अधिवेशन बनाउन हाम्रो पहल जारी रहने छ।’

आचार्यले गैरआवासीय नेपाली संघ २० वर्ष लामो इतिहास भएको र संसारभरि रहेका गैरआवासीय नेपालीहरुलाई समेट्ने संस्था भएकाले अदालतको फैसलाबाट विचलित नहुन एनआरएनहरुलाई आग्रह पनि गरेका छन्।

गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ का अनुसार ‘गैर आवासीय नेपाली’ भन्नाले नेपाली मूलका विदेशी नागरिक तथा सार्क बाहेकका मुलुकमा कम्तीमा दुई वर्ष बसोबास गरेको नेपाली नागरिकलाई जनाउँछ। तर ती मुलुकमा बसोबास गर्ने विद्यार्थीहरूलाई भने ऐनले समेटेको छैन।

सर्वोच्चको फैसलापछि विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरु मात्रै सदस्य बन्ने हुँदा खाडी मुलुक, जापान, मलेसिया, कोरिया लगायतका मुलुकमा बसोबास गर्ने नेपाली नागरिकहरु युएनडीओको सदस्य बन्न पाउने छैनन्। केही कानुनविद्हरु चाहिं विद्यमान कानुन अनुसार युएनडिओ दर्ता गर्न नमिल्ने हुनाले उक्त संस्था दर्ता गर्नकै लागि मात्रै सरकारले नयाँ कानुन ल्याउनुपर्ने हुन सक्ने बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर एनआरएनए युकेका पूर्व उपाध्यक्ष तथा कानुनविद् डा नारायण कँडेलले सर्वोच्चको फैसला पछि गैरआवासीय नेपाली ऐन २०६४ ले गैरआवासीय नेपाली भनेर मानेका मध्येका व्यक्तिहरुलाई समेटेर नयाँ संस्था दर्ता गर्ने बाटो खुलेको बताए। ‘अब परराष्ट्र मन्त्रालयले युएनडिओको (प्रस्तावित) विधान सम्बन्धमा आफ्नो सुझाव दिन सक्ने भयो, तर दर्ता गर्न अस्वीकार गर्न चाहिं पाउने भएन,’ उनले भने।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्