काठमाडौँ – भारतको दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ । दिल्लीका ७० विधानसभा सिटका लागि ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ ।
यस चुनावमा लगभग १्.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ । आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।