काठमाडौँ – प्रहरीले वैदेशिक रोजगारीका लागि यू.के. (बेलायत) पठाउने भन्दै ३७ लाख ५० हजार रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का ३२ बर्षीया मदन भण्डारी रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले टेकुबाट पक्राउ गरेको हो ।
साथै उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी सुचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिएका छन् ।
बेरोजगार युवायुवतीहरुबाट आकर्षक तलबको प्रलोभनमा पारी यू.के. लैजाने भन्दै लामो समय देखि भुक्याएर राख्ने, अन्तिममा सम्पर्क विहीन भएपछि पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।